
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ९०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९० हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलाको ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।

