
दराज नेपालद्वारा ‘७.७ महाबचत बजार’ अभियानको घोषणा

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘७.७ महाबचत बजार’ अभियान सार्वजनिक गरेको छ। आगामी असार २२ गते (जुलाई ६) बेलुका ८ बजेदेखि सुरु हुने यस अभियानमा ग्राहकले ७५ प्रतिशतसम्म छुट, डिजिटल भुक्तानीमा अतिरिक्त छुट, निःशुल्क डेलिभरी तथा विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउने भएका छन्।
कम्पनीका अनुसार सेल अवधिभर विभिन्न क्याटेगोरीका उत्पादनमा ७५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै ग्राहकका लागि ५० लाख रुपैयाँ बराबरका भौचर तथा निःशुल्क डेलिभरी सुविधा पनि प्रदान गरिनेछ।
सेलमा विभिन्न ब्रान्डका विशेष अफरसमेत समावेश गरिएको छ। प्लाटिनम ब्रान्ड पार्टनरअन्तर्गत एमडब्ल्यूसी, मसलब्लेज, प्लम, हानासा र पिल्ग्रिमका उत्पादनमा ५० प्रतिशतसम्म छुट हुनेछ। गोल्ड ब्रान्ड पार्टनरअन्तर्गत ब्राण्डहाउस, सुजुकी, कोसआरएक्स र एंकरका उत्पादनमा ६० प्रतिशतसम्म छुट दिइनेछ भने सिल्भर ब्रान्ड पार्टनर एम्परस्यान्ड, मारिको, पी सेफ, फ्यानटेक र रोहतोका छनोट गरिएका उत्पादनमा ८० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
कम्पनीले ब्रान्ड रश आवर पनि सञ्चालन गर्ने जनाएको छ। जुलाई ६ बेलुका ८ बजेदेखि जुलाई ७ बिहान २ बजेसम्म सञ्चालन हुने यस अवधिमा १०० भन्दा बढी ब्रान्डका उत्पादनमा विशेष छुट प्रदान गरिनेछ।
ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकले ब्रान्ड रश आवरमा १२ प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) तथा नियमित सेल अवधिमा १० प्रतिशतसम्म (अधिकतम १ हजार रुपैयाँ) अतिरिक्त छुट पाउनेछन्।
दराजले सेल अवधिमा मेगा गिभअवे पनि आयोजना गर्ने भएको छ। न्यूनतम ५ हजार रुपैयाँ बराबरको खरिद गर्ने ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ तीन जना भाग्यशाली ग्राहकले Nothing Phone 4a, Motorola Moto G96 5G र AI Plus Pulse 2 स्मार्टफोनमध्ये एक–एक थान पुरस्कार जित्ने अवसर पाउनेछन्। साथै फ्यानटेक, अल्टिमा र बोस्सिनीलगायत ब्रान्डका उत्पादन समावेश दैनिक गिभअवे पनि सञ्चालन हुने कम्पनीले जनाएको छ।

