
पेट्रोल पम्पको समेत चिट काट्देउ सरकार : यो त अति भयो

काठमाडौ । सुशासनको नारा बोकेर हिनेको सरकारको धज्जी उडेको छ । बुधबार राजधानीका अधिकांश पेट्रोल पम्प संचालकहरुको हर्कतले सोही कुरा स्पष्ट पारेको हो ।
सुशानको ढोल बजाउन र डंका पिट्न जति सहज छ आम जनस्तरमा महशुस हुने किसिमको व्यवहारीक परिवर्तन ल्याउन समेत त्यतिकै सकस पूर्ण छ ।
हुन त यो सकस वर्तमान सरकारलाई मात्रै होइन, कुनै पनि राज्य चलाउन तम्सिएका एवम् नेत्तृत्व वर्गले खेप्नु पर्ने समान्य चुनौती जस्तै हुनसक्छ ।
पछिल्लो समय चालकहरुलाई लाखौ रुपैयाँ जरीवना गर्ने विषय चर्चामा छ । त्यस्तो बेलामा कुशल चालकहरुले मापासे र लापासेमा बाहेक सामान्य जरीवानामा कुशल चालकहरुलाई भारी जरीवाना नगराउन समेत उर्दी जारी गहिरहेका छन् । ठीक यही बेलामा एउटा गम्भिर विषय उठेको छ, हाम्रो चलकहरु कमजोर छन् वा हाम्रा सडक संरचनाहरु त्योभन्दा पनि गय-गुज्रेका छन्, भन्ने विषय ।
यस्तै बहस चलिरहेको बेलामा एकाएक पेट्रोल-डिजेलको मूल्य समाजोयन हुन पुगेको छ । चलिरहेको दाम भन्दा २० रुपैयाँले पेट्रोलको मूल्य घट्न पुगेको छ ।
अन्य बेलामा झिमस्मीसेमा नै आँखा मिच्दै प्रेट्रोल पम्प खोल्ने साहुजीहरु आज भने एकाएक गायब छन्। राजधानीको अधिकांश पेट्रोल पम्पमा आज पेट्रोल, डिजेल छैन भन्ने पर्चा टाँगिएको छ ।
हाल पेट्रोलको मूल्य स्वाट्टै घटेको बेलामा नक्सालस्थित प्रहरी कल्यायणकारी कोषको पेट्रोल पम्प र भद्रकालिमा रहेको नेपाली सेनाको पेट्रोल पम्प खुला रहेको छ ।
यस्तो बेलामा कतिपय स्थानमा आपतकालिन रुपमा हिड्नु पर्ने सवारी साधनहरु ठूलो मारमा परेका छन् ।
हालसम्म पेट्रोल पम्प संचालकहरुलाई भने कुनै पनि चिट काटिएको छैन । साच्चै चिटको चिर्कटो टक्रयाउने हो भने जसले गल्ती गरेको छ उसलाई भारी जरीवाना गर्नु मुनासिव वा जायज देखिन्छ ।

आज नक्सालस्थित पेट्रोल पम्पमा लामो लाइन देखिन पुग्यो । नागरिक स्तरमा साच्चैको परिर्वन ल्याउँने हुटहुटी जगाएको सरकार र हामी नेपाली जनतलाई कालो ठूटो जस्तो गरी जेन्जी आन्दोलनमा डढेको हिल्टेन होटलले समेत प्रहरी पेट्रोल पम्मतर्फ हेर्दै गिज्याई रहेको अनुभूती एक देशभक्त नागरिकले गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
समस्या चालकमा मात्र होइन सडक र पेट्रोल पम्पमा समेत देखिएको छ, आउँ चिट काट्देउ सरकार ।

