
सेयर बजार राताम्य, परिसूचक २५ सय नजिक पुग्दा ३ अर्ब माथिको कारोबार

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । गत साता पनि घटेको बजार यो साताको पहिलो दिन नै २४.६३ अंककले घटेको हो ।
आज सेयर बजार ०.९३ प्रतिशतले घटेर २६०८.३३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २३५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३५ वटा कम्पनीको मात्रै बढेको छ । आज ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.०४ अंकले घटेर ४५२.७९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
सेयर बजार राताम्य भएको दिन ३ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर ७९ हजार २८६ पटक खरिद बिक्री हुँदा ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

