
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने दोलखा जिरी नगरपालिका-१ घर भएका ५१ वर्षीय निमा लामा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७९ माघ ६ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत ५ दिन कैद सजाय र १५ लाख १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

