
‘ट्राफिक जरिवाना ५० हजार पुर्याउने भए नागरिकको आयस्तरलाई पनि ध्यान दिनुपर्छ’

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले ट्राफिक जरिवाना ५० हजार पुर्याउने भए नागरिकको आयस्तरलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले जनताको आर्थिक अवस्था र सरकारले प्रदान गर्ने सेवाको स्तरको मूल्याङ्कन नगरी एकैपटक ५० हजार रुपैयाँसम्मको जरिवाना तोक्नु न्यायोचित नहुने बताएका हुन् ।
जरिवाना बढाउने विदेशको नक्कल गर्ने हो भने विदेशको जस्तै सडक पूर्वाधार, प्रविधिमा आधारित निगरानी प्रणाली, पारदर्शी कानुन कार्यान्वयन र नागरिकको आयस्तर पनि त्यही अनुसारको हुनु पर्ने बस्नेतले बताएका छन्।

