
सातामा सबै पाँच दिन नै घटेको सेयर बजारमा ५२ अंकको गिरावट, औषत कारोबार ४ अर्ब २ लाख

काठमाडौं । यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७०२.११ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १.९५ प्रतिशत अर्थात ५२.६० अंक घटेर २६४९.५१ विन्दुमा बन्द भएको हो ।
यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये पाँचै कारोबार दिन नेप्से घटेर बन्द भएको छ । यस साता सेन्सेटिभ इण्डेक्स ६.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २ लाख रुपैयाँको सेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.१८ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १०.९८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३०.९३ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब १७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८२ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ३४ अर्ब रुपैयाँमा सीमित भएको छ । यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३१ प्रतिशत घटेको छ । गत साता ११ हजार ६३.६२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३६५.६७ अंक घटेर १० हजार ६९७.९५ विन्दुमा झरेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक घटेको छ ।
यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.५१ प्रतिशत घटेको छ । गत साता २१.७८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ०.५१ अंक घटेर २१.६७ विन्दुमा झरेको छ ।
यस साता दुई कम्पनीको कुल १ करोड १८ लाख ७५ हजार ५७९.६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । यस साता एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर र स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

