

गार्डियन माइक्रो लाइफको आईपीओको बिक्री खुला,बिक्री प्रबन्धकमा कुमारी क्यापिटल




काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि आफ्नो प्राथमिक साधारण सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले ल्याएको उक्त आईपीओमा सर्वसाधारणले समेत सहभागी हुन सक्ने छन् । सोही कम्पनीले यस भन्दा अघि विदेशमा रहेका नेपालीलाई लक्षित गरेर समेत आईपीओ जारी गरेको थियो ।
गार्डियन लाइफले यसपालि (फेसभ्यालु) प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको छ। लगानीकर्ताहरुले न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन बुझाउँन सक्नेछन् भने यही पुस २४ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
गार्डीयन लाइफको जारी पूँजी ७५ कराड रुपैयाँको ३० प्रतिशतको अनुपातले हुने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणलाई जारी गर्न स्वीकृती दिइएको थियो । स्वीकृती पाएको मध्ये कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बरारबको २ लाख २५ हजार कित्ता सेयर विदेश गएका नेपालीका लागी र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि भन्दै अन्य ३ प्रतिशत शेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको अवस्था छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ भने लगानीकर्ताहरुको आकर्षकजनक सहभागीता रहने माइक्रो इन्स्योरेन्सले विश्वास लिएको अवस्था छ ।