
अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो

काठमाडौं । विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन । जोर्डन अल्जेरियासँग २–१ ले पराजित भयो ।
जोर्डनका लागि खेलको ३६औँ मिनेटमा निजार अल–रशदानले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ६९औँ मिनेटमा अल्जेरियाका नाधिर बेनबोउली र ८२औँ मिनेटमा अमाइन गौइरीले गोल गरे ।
समूह ‘जे’ मा अल्जेरिया ३ अङ्कसहित तेस्रो स्थानमा छ । साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ । त्यस्तै समान ३ अङ्क रहेको अस्ट्रिया दोस्रो स्थानमा छ ।
पहिलो पटक विश्वकप खेलेको जोर्डन अङ्कविहीन छ । विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पौने ११ बजे पोर्चुगल र उज्बेकिस्तानले खेल्दैछन् ।

