
कतिमा भयो याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावरको पहिलो कारोबार ?

काठमाडौं । आजको स्पेशल प्रि ओसन सेसनमा याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयरको पहिलो कारोबार भएको छ । यस दिन यी कम्पनीहरुको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो ।
यी कम्पनीहरुको सेयर असार ५ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । यस अनुसार आज स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो । अब यी कम्पनीहरूको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ ।
याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको २८ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता शेयर गरी कुल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावर (त्एप्ज्ी) ले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता शेयर गरी कुल १ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
पहिलो कारोबारका लागि नेप्सेले यी कम्पनीहरुलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।

