
ट्रेजरी बिलमार्फत साढे २५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले शुक्रबार २५ अर्ब ५३ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले शुक्रबार २५ अर्ब ५३ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संसथाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । ५ अर्बको नयाँ र २० अर्ब ५३ करोडको नविकरण गर्न लागिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसर ९१ दिनको लागि २० अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल नवीकरणको र ५ अर्ब नयको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल आगामी असोज ६ गते परिपक्व हुनेछ । २५ अर्ब ५३ करोड मध्ये ५ अर्ब २०८४ असार ८ गते परिपक्क हुनेछ । बोलकबोलमा सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन पाइनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।
यसअघि असार १ गते ९१ दिन अवधिको ५ अर्ब ट्रेजरी बिलको खरिदका लागि २२ अर्ब ७४ करोडको रुपैयाँको बोल परेको थियो । जसको औषत छुटदर २.६३ प्रतिशत रहेको थियो । १८२ दिन अवधिको ११ अर्ब ३३ करोड लाखको ट्रेजरी बिल खरिदका लागि ३४ अर्ब ८ करोड रकम बराबरको बोल परेको थियो । जसको औसत छुटदर २.६४ प्रतिशत रहेको थियो ।


