
घट्यो नेपाल बैंकको ब्याजदर



काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले आगामी साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर प्रकाशन गर्दै हाल कायम रहेको व्याजदर घटाएको हो ।
बैंकको व्याजदरमा हेरफेर भएसँगे आगामी साउन महिनामा साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर कायम हुने भएको छ । त्यस्तै, रेमिटेन्स सेभिङ र एनबीएल रेमिटेन्स आईपीओ सेभिङमा ६.२० प्रतिशत ब्याजदर कायम गरिएको छ भने हाल असार महिनामा न्यूनतम ३.६५ प्रतिशतदेखि अधिकतम ५.६५ प्रतिशत ब्याजदर रहदै आएको थियो। असारमा रेमिटेन्स सेभिङ र एनबीएल रेमिटेन्स आईपीओ सेभिङतर्फ ६.६५ प्रतिशत ब्याजदर कायम रहदै आएको थियो।
बैकको नयाँ निर्णय अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ २ वर्ष अवधिसम्मका लागि ५.२५ प्रतिशत र २ वर्ष माथिको अवधिका लागि ६.२५ प्रतिशत व्याजदर कायम हुनेछ। यता संस्थागत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र रेमिटेन्सतर्फ ७.२५ प्रतिशत ब्याजदर कायम हुनेछ। यस अघि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत र रेमिटेन्समा ७.७५ प्रतिशत ब्याजदर कायम रहेको थियो । हाल बैंकले आफ्नो बेस रेट ७.८८ प्रतिशतमा झरेको जानकारी दिएको छ ।

