
केही बैंकले अझै घटाए ब्याजदर, कुनकाे कति?



काठमाडौं । वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर झनै घटेको छ । वाणिज्य बैंकहरुले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार केही वाणिज्य बैंकको ब्याजदर घटेको हो ।
हालसम्म प्राप्त १७ वटा वटा वाणिज्य बैंकको सूचनाअनुसार ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १० वटा स्थिर राखेका छन्। असारका लागि व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज, एभरेष्ट, हिमालयन, एनआईसी एसिया, एनएमबि, प्राइम कमर्सियल र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन् । असारका लागि ब्याजदर घटाएर लक्ष्मी सनराइजले ४ प्रतिशत, एभरेष्टले ३.५० प्रतिशत, हिमालयनले ४ प्रतिशत, एनआईसी एसियाले ४ प्रतिशत, एनएमबिले एनएमबि ४.७५ प्रतिशत, प्राइम कमर्सियलले ४ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ३.९५ प्रतिशत कायम गरेका छन् । जेठमा लक्ष्मी सनराइजले ४.५० प्रतिशत, एभरेष्ट, हिमालयनले ४.०५ प्रतिशत, एनआईसी एसियाले ४.५० प्रतिशत, एनएमबिले ४.८० प्रतिशत, प्राइम कमर्सियलले ४.१५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ५ प्रतिशत दिएका थिए ।
यसैगरी ब्याजदर स्थिर राख्नेमा कृषि विकास, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सिद्धार्थ, प्रभु, सिजिन्स र नेपाल इन्भेस्टमेन्ट मेगा रहेका छन् । जेठकै ब्याजदरलाई असारमा कायम गर्दै कृषि विकासले ४.१५ प्रतिशत, ग्लोबल आइएमईले ४.५० प्रतिशत, माछापुच्छ्रेले ४.५० प्रतिशत, नेपाल बैंकले ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत, सानिमाले ४.५० प्रतिशत, सिद्धार्थले ४.०५ प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, सिजिन्सले ४.१० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगाले ४.५० प्रतिशत दिने भएका छन् ।


