
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १० हजार १०० रुपैयाँ र चाँदी १८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९२५ रुपैयाँ रहेको थियो ।


