
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रिमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २५ हजार ६२९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुबाट आवेदन नआएकाले अब आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरि बिक्रीमा राखिएको हो । सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले १५ दिनभित्र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय गैंडाकोट–२ नवलपरासी (ब.सु.पू.) मा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

