गरिमा विकास बैंकको संस्थापक शेयर : २ साता भित्र किन्न सकिने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चार लाख २६ हजार ९ सय ९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारणले समेत किन्न मिल्ने गरी उक्त आवेदन खुलाएको हो ।
सो शेयर किनबेचका लागि दुई हप्ताको अवधि छुट्याईएको छ । बैंकले सम्पूर्ण संस्थापक शेयरधनीहरुका लागि गत वैशाख २४ गते ३५ दिने सूचना समेत जारी गरीसकेको जनाएको छ । सो सूचना पश्चात पनि संस्थापक शेयरधनीहरु इच्छुक नदेखिए पछि अहिले अर्को १५ दिने सूचना जारी गरिएको अवस्था छ ।