
आयोजना समयमै सम्पन्न गराउने अनुगमनमा पूर्वाधार विकास मन्त्री सुनील लम्साल



काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनील लम्सालले टोलीले काँकडभिट्टा–लौकही सडक आयोजनाका तीनवटा खण्ड, सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत करिब ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगति तथा विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गतको कमला–कञ्चनपुर पुलको अवलोकन गरेको छ।
मन्त्री लम्साल पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका विकास आयोजनाहरूको स्थलगत निरीक्षणमा निश्किएका हुन् ।
भ्रमणका क्रममा एशियाली विकास बैंक (ADB) र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न पूर्वाधार परियोजनाहरूको समेत निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ । आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण, समन्वय तथा प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।


