
एमाले नेता विष्णु पौडेलले भने – अब जनतासँग सम्बन्ध बिस्तार गर्छौं



नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनबाट प्राप्त धक्कालाई जनतासँगको सम्बन्ध अझ सुदृढ बनाएर पूर्ति गर्ने बताएका छन्। सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण गतिविधि जनतामुखी हुने र जनतासँगको सम्बन्ध विस्तारमा केन्द्रित गरिने उल्लेख गरे।
पौडेलले भनेका छन्, ‘गत वर्षको जेनजी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का ब्योहोरेका छौं । यो सिकाइबाट अब पार्टीका हरेक गतिविधि जनतातिर फर्किएका हुनेछन् र राष्ट्रिय हिततिर फर्किएका हुनेछन् ।’


