
अब स्थलगत सीमा नाकाबाट ५ सय रुपैयाँसम्मकोे सामान ल्याउँदा कर तिर्नु नपर्ने



काठमाडौ । केही दिन अघि नेपाली अर्थ बजारमा एउटा विषयले ठूलो चर्चा पाएको थियो । त्यस्तो विषय हो, सीमाबाट ल्याइने सामान तिर्नु पर्ने भन्सार दर ।
केही दिन अघि मात्रै १ सय रुपैयाँको सामानमा समेत अतिरिक्त कर तिर्नु परेकाले सर्व साधारण र सीमा नाकाका लोकल जनताले हैरानी खेप्नु परेका खबरहरु बाहिर आए ।
नेपाल र भारतको रोटी बेटीको सम्बन्ध समेत रहेको तथ्यलाई उघार्दै मामाघरबाट दिएको ४, ५ सय रुपैयाँका उपहार र खानेकुरामा सरकारको कडा डण्डाको विभिन्न तहबाट खासै उचित, वाहवाई र गब्बको काम गर्ने नाम निशाना भेटिएन ।
यस्तो बेलामा अब सीमा नाकाबाट ५ सय रुपैयाँसम्मको सामानहरुका आवश्यकता र अवस्था हेरी छुट दिन सकिने भएको छ ।
उद्यपी विमान स्थल भन्साको तुलनामा स्थल नाकामा गरिएको फुकुवालाई अझै पनि चर्को र कडा स्वरका आलोचना भने भइरहेका छन् ।


