
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानद्धारा आक्रमण, हवाई सेवामा बाधा



काठमाडौं । बुधबार इरानले कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हमला गरेको छ। त्यस्तो हमलाले विमानस्थलको हवाई सेवामा समेत बाधा पुगेको हो।
अहिले कुवेतको सरकारी समाचार एजेन्सीले बुधबार इरानी ड्रोन र मिसाइल आक्रमणमा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै व्यक्ति घाइते भएको र साही आक्रमण लगत्तै हवाई उडान रोक्नु परेको सुनाएका छन् । कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै आक्रमणले अन्तर्राष्ट्रिय विमानस्थलको टी–१ भवनलाई लक्षित गरेको र उडानहरु अर्को विमानस्थलमा डाइभर्ट गरिएको बताइएको हो ।


