
बालेनले केही दिनअघि संसदमा बोलेको भनाईलाई कारण बनाउँदै, राष्ट्रिय सभामा विरोध कायमै



काठमाडौं । राष्ट्र्रिय सभामा आज पनि अवरोध कायमै गरिएको छ । विपक्षी दलहरुले केही दिन अघि प्रधानमन्त्रीले बोलेको विषयलाई कारण देखाउँदै त्यस्तो अवरोध गरेका हुन् ।
प्रधान् मन्त्री बालेन साहले पहिलो पटक संसदमा सम्बोधन गर्ने क्रममा नै नेपालको सीमा भारतले मात्र नभई भारतको समेत सीमा ठाउँ ठाउँमा नेपाल मिचेको बताएका थिए । त्यस्तो विषय आफू प्रधानमन्त्री भएपछि मात्रै थाहाँ पाएको सुनाउँदै आफू समेत अचम्ममा परेको खुलाएका थिए ।
त्यस लगत्तै सरकारकातर्फबाट भने उनको भनाई आशय राष्ट्रिय सीमाको विरोधमा नभई बरु सम्झौतामा सहज होस भन्ने हेतू नै बोलिएको भन्ने बचाउदेखि, स्पष्ट पार्ने लगायतका काम भइरहेका छन् ।
यही बिचमा आज राष्ट्रिय सभामा विगतका दिनमा जस्तै विपक्षीले अवरोध जारी राखेका छन् ।


