प्रभु महालक्ष्मी लाइफका शेरचनले छैटौं पटक चुमे एम.डि.आर.टी.को उपाधि
काठमाडौं । हरेक व्यक्तीले जीवनमा पाल्ने सपना सफतासँग मिल्दोजुल्दो छ भन्दा यो तथ्यलाई नकार्न सकिन्न । सक्नु पनि कसरी ? किनकी व्यक्ती जुनसुकै पेशा-व्यावसाय अँगालेको अवस्थामा होस् उसले आफ्नो र संस्थाको प्रगतिलाई नै हेर्ने गर्छ । त्यस्तै मेहनतिको सूचीमा पर्न सफल भएका छन् प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका चिफ एजेन्सी मेनेजर नबीन शेरचन । शेरचनले एम.डि.आरटी. २०२५ का लागि आफूलाई क्वालिफाइड बनाए । तर, उनले यस पटक मात्र नभई यो भन्दा अघि पाँच पटकसम्म एमडीआरटी उपाधि पाइसकेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ ।
हुन त बीमा अभिकर्ता पेशा पनि आफैमा त्यति सहज भने छैन । सहज यस अर्थमा छैन कि कुनै पनि व्यावसाय ल्याउँन अभिकर्ताहरुले अपनाउँनु पर्ने धैर्यता, मेहनत, बारम्बारको फलोअप, नयाँ व्यक्ती प्रति गरिने विश्वास भरोसा, आफ्नो व्यक्तीगत समय छाडेर कुनै पनि पेशा व्यवसायका लागि अहोरात्र खट्टीनु आफैमा सहज छैन । तर, त्यस्तै जीविकालाई आफ्नो दैनिकीमा परिणत गर्न सफल व्यक्ती हुन् बीमा अभिकर्ता । अझ भनौ बीमा अभिकर्ता भएर पनि बारम्बार सफलता पाउँदै जानु आफैमा सानो उपलब्धि होइन ।
त्यस्तै सूचीमा आफ्नै मेहनतले शेरचन उभिदै आएको कम्पनीले बताएको छ। यता बीमा क्षेत्रमा आवद्ध कुनै पनि अभिकर्ताहरुले मिलियन डाउन राउण्ड टेबलमा सदस्य बन्नको खातिर ठूलो सपना पाल्ने गर्छन् । सोही उपाधि शेरचनले छैटौ पटक पाउँन सफल भएसँगै कम्पनीले पनि खुशीयाली साटेको हो। पछिल्लो समय जीवन बीमा कम्पनीहरुका बीमा अभिकर्ताहरुको मेहनतलाई सम्मान गर्दै उनीहरुलाई समेत विभिन्न देशको घुमघामदेखि अनेकौं रिफ्रेस्मेन्टका कार्यक्रमहरु दिने चलन बढ्दो ट्रेण्डमा देखिन्छ ।
यता प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट निरन्तर छैटौं पटक एम।डि।आर।टी। क्वालिफाइड बन्ने शेरचन एकमात्र अभिकर्ता हुन् भने लगातार दश वर्षसम्म एम.डि.आरटीमा क्वालिफाइड बन्दै विश्वको एकमात्र ग्लोवल संस्था एम.डि.आर.टीको आजीवन सदस्यता लिने लक्ष्य लिएका शेरचनले २०२० एम.डि.आर.टी. देखि निरन्तर क्वालिफाइड हुँदै आएका छन् ।
एकपछि अर्को साल सफलताको ढोका ढक्ढक्याउँन सफल उनी बागलुङको बोङ्गादोभानमा जन्मेका बहुआयामिक व्यक्तित्व हुन् । बीमा अभिकर्ताको अतिरिक्त राजनीतिकर्मी समेत रहेका शेरचनले जनमानसमा बीमा अभिकर्ताको माध्यमबाट बचत र सुरक्षाको वित्तिय साक्षरता फैलाइरहेका छन् र प्रत्यक्ष तथा परोक्ष रूपमा समाजसेवामा समेत जोडिएका छन् ।
थकाली समुदायका पुरोहितदेखि ढोरपाटन नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र लायन्स क्लब अफ काठमाडौं म्याग्दीका पूर्व अध्यक्षका रुपमा समेत उनले आफ्नो परिचय स्थापित गरेका छन्।
सफलताको परिभाषालाई पटक-पटक आत्मसाथ गरेसँगै शेरचनले सबैभन्दा पहिला आफ्नो गन्तव्य तय गर्नु पर्ने र त्यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् । निरन्तरको मेहेनत, लगनशीलता र धैर्यतामा विश्वास गर्ने उनी मानिसले आफू सफल हुनको लागि लक्ष्य र गन्तव्यलाई सदैव मानषपटलमा राख्दै आफ्नो कर्ममा दृढ विश्वास राख्नुपर्ने उनले बताएका हुन् । देशमा आर्थिक मन्दी छ , “यो देशमा केहीपनि हुन सक्दैन” भन्दै विसङ्गति बोध गर्ने हजारौं युवा आफ्नो मातृभूमि छोडेर विदेशीरहेको सन्दर्भमा पनि “हामी आफ्नै देशमा केही गर्न सक्छौं भन्ने” सन्देश आफूले दिन खोजिरहेको शेरचन बताउँछन् ।