
अनुदान दुरुपयोग रोक्न नयाँ मोडेल लागू गर्ने अर्थमन्त्रीको घोषणा



काठमाडौं । कृषि क्षेत्रमा दिइँदै आएको अनुदान व्यापक रूपमा दुरुपयोग भएको र वास्तविक किसानसम्म नपुगेको निष्कर्षसहित अनुदान प्रणालीमा संरचनागत परिवर्तन गर्ने तयारी गरिएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै हालको अनुदान वितरण प्रणाली प्रभावकारी नभएको र यसलाई पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनका अनुसार अनुदानलाई वास्तविक किसानसम्म पुर्याउन केही पाइलट कार्यक्रम सञ्चालन गरिनेछ र त्यसको नतिजाका आधारमा आगामी वर्षदेखि नयाँ मोडेल देशव्यापी रूपमा लागू गरिनेछ।


