
ऋण थपेको भन्दा पनि विगतका दायित्व तिर्न खोजेको अर्थमन्त्री वाग्लेको भनाई



काठमाडौं । यसपालिको बजेट भाषण लगत्तै आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋणको भार बढाउने भन्दा पनि विगतका दायित्य भार कम गर्न खोजेको खुलाएका छन् । उनले आफू माथि त्यस्तो आरोप लागेको बेलामा पत्रकार सम्मेलन मार्फत बजारमा केही अफवाह फैलिएको सुनाए ।
त्यस्तै, बजेटको आकार बढ्नुको कारणमा पुरानो ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ठूलो रकम आवश्यक भएको भन्दै उनले सन् २०१४ मा नेपालको बजेट आकार करिब ५ खर्ब १९ अर्ब रुपैयाँ मात्र रहेको सुनाए। त्यसरी नै वि स २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका कारण बजेट विस्तार हुँदै गएको रपछिल्लो १०–११ वर्षदेखि बजेटको आकार कुल गार्हस्थ्य उत्पादन जीडीपीको २५ देखि २९ प्रतिशतसम्म रहने बेलामा वास्तविक खर्च भने २२ देखि २५ प्रतिशतको हाराहारीमा सीमित हुने गरेको बताए।
साथै, चालु आर्थिक वर्षका लागि ल्याइएको २१ खर्ब रुपैयाँको बजेटलाई धेरैले ठूलो बजेटका रूपमा चित्रण गरे पनि उनले यसको आकार जीडीपीको केवल २८.५ प्रतिशत मात्र रहेको स्पष्ट पारे। सोही बजेट अस्वाभाविक रूपमा बढेको वा अत्यधिक ठूलो भएको भन्ने चर्चा तथ्यमा आधारित नभएको पक्षमा उनले अडान लिएका हुन् ।


