
अर्थमन्त्री वाग्लेले गराए राष्ट्रपति पौडेललाई बजेटबारे जानकारी



काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्। बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३र८४ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
सोही भेटमा अर्थमन्त्री डा. वाग्लेले संसद्मा पेस गर्नुभएको आर्थिक सर्वेक्षण २०८२र८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोली जेठ १५ गते शुक्रबार अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै छन्। बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको मन्त्रालय स्रोतले जनाएको छ।


