
बिहीबार घट्यो सुनको भाउ, देखियो साढे ५ हजारको गिरावट



काठमाडौं । सुनको मुल्य घट्न पुगेको छ । आज, बिहीबार एकैदिनमा तोलामा नै सुनको मुल्य साढे ५ हजार रुपैयाँ घटेको हो।
सोही दिन सुनको भाउ तोलामा २ लाख ८५ हजार रुपैयाँ कायम भएको बेलामा हिजो बुधबार भने २ लाख ९० हजार ५ सय रुपैयाँ रहेको थियो।
यता, त्यसरी सुनको भाउ घटेको बेलामा चाँदीको भाउ पनि तोलामा २ सय १५ रुपैयाँले घट्न पुगेको छ । चाँदीको भाउ भने हिजो तोलामा ५ हजार ८० रुपैयाँ रहे पनि चाँदी आज बिहीबार चार हजार ८ सय ६५ रुपैयाँ कायम भएको हो ।


