प्रभु महालक्ष्मी लाइफले माग्यो कर्मचारी,यस्ता छन् आवश्यक शैक्षिक योग्यतादेखि अनुभवसम्म
काठमाडौँ । कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफसँगको मर्जरबाट स्थापित प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा जागिरका लागि इच्छुकहरुको आवेदन माग गरेको छ। कम्पनीले योग्यता पुगेका उमेद्धारहरुका लागि विभिन्न १२ स्थानमा शाखा प्रमुख ब्रान्च म्यानेजरको जागिर दिने भएको हो।
यता कम्त्तीमा स्नातक वा सो सरह योग्यता हासिल गरेको उमेद्धारदेखि अनुभवीलाई प्राथमिकतामा राखिने बताइएको छ।
सो पदका लागि जागिर खान चाहने व्यक्तीहरुले पुष २२ गतेसम्म कागजी प्रक्रिया पूरा गरि आफ्नो फर्म सब्मिट गर्न सक्नेछन् । त्यसरी फर्म बुझाउँनका लागि भने कम्पनीले अनलाइन प्रणालीको माध्यमबाट तथा कम्पनीको वेभ साइटलाई समेतको समेत उपयोग गर्न सकिने बताएका हो ।