रिटर्नी फेडेरेसनले इन्भेस्टमेन्ट कम्पनी ल्याउँदै,लगानी २५ अर्ब रुपैयाँ
काठमाडौं । रिटर्नी फेडेरेसन नेपालद्धारा इन्भेष्टमेन्ट कम्पनीको घोषणा गरिएको छ । सामुहिक उद्यमशीलताका लागि पब्लिक लिमिटेड इन्भेष्टमेन्ट कम्पनी ल्याउँने निर्णय गरिएको हो।
उक्त कम्पनीले सुरुवाती बर्ष १६ सय लगानीकर्तामार्फत ३६ करोड लगानी संकलन गर्नेछ भने आगमी ५ बर्षमै २५ अर्ब रुपैयाँ बराबरको लगानी जुटाइने मोटामोटी स्टमेट गरिएको छ ।
यता कम्पनीको सञ्चालकमा राजन श्रेष्ठ,घनश्याम पाण्डे, एकराज सापकोटा, डा.शालिग्राम बसेल, शुबेक्षा म्याङ्बो, सन्तोष दाहाल, जेपी सापकोटा र मोहम्मद एकवाल सहभागी रहेको आयोजित एक कार्यक्रममार्फत जानकारी दिइयो ।