
सानिमा बैंकको अग्राधिकार सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । सानिमा बैंकले जारी गरिएको “८.२५% सानिमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर” (SANIMAPNP) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको कुल २ करोड कित्ता अग्राधिकार सेयर जेठ ७ गते नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयरको कुल चुक्ता मूल्य २ अर्ब रुपैयाँ बराबर रहेको छ ।
नेप्सेले सार्वजनिक गरेको सूचनाअनुसार “SANIMAPNP” संकेतमा सूचीकरण भएको यो अग्राधिकार सेयर जेठ ८ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
बैंकले ८.२५ प्रतिशत प्रतिफलदर भएको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको हो । यस्तो सेयरबाट लगानीकर्ताले निश्चित प्रतिफल प्राप्त गर्ने व्यवस्था हुन्छ ।


