
सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८९ करोडको कारोबार



काठमाडौं । अघिल्लो दिन हरियाली छाएको बजार आज भने राताम्य भएको छ । अघिल्लो दिन ३० अंकले बढेको बजार आज भने १२.३६ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७४२.११ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७२ कम्पनीको मात्रै बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले घटेर ४६९.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ । १ वटाको सेयर मूल्य बढेको छ भने एउटाको स्थिर रहेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोड माथिको कारोबार भएको बजारमा आज ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर ४४ हजार ७४४ पटक खरिद बिक्री हुँदा उक्त कारोबार भएको हो । आज एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


