
दुर्गा प्रसाईँको पक्राउमा सर्वोच्च अदालतको लिखित जवाफ माग



काठमाडौं । केही दिन अघि विरगंजबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालतले उनलाई पक्राउ गर्नुको लिखित कारण मागेको अवस्था छ ।
उनै प्रसाईँले सर्वोच्च अदालत समक्ष दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा यता न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको जनाइएको हो ।
भोलिपल्ट विरगंजमा हुन लागेको आफ्नो साभलाई सम्बोधन गर्न पुगेका उनै प्रसाई माथि प्रहरीले नियन्त्रण गर्ने अवस्था सिर्जना भयो । यद्यपी उनलाई किन पक्राउ गरेको हो भन्ने विषय हालसम्म खुलस्त भने भइसकेको छैन । सोही बेलामा अदालतले प्रसाईलाई पक्राउ गर्नुको कारण समेत मगाएको छ ।
पछिल्लो समय उनै प्रसाई विभिन्न बेलामा धरपकडमा पर्ने र केही दिनमा छुट्ने समेत क्रम चलिरहेको देखिन्छ ।


