
सुकुमबासी बस्ती भत्काएर मासिक १५ हजार दिने निर्णय अमानवीय : गुरु बराल



काठमाडौं । एमालेका सांसद गुरु बरालले सुकुमबासी बस्ती भत्काएर मासिक १५ हजार दिने निर्णय अमानवीय रहेको बताएका छन् ।
उनले भने, ‘सरकारले बिना तयारी सुकुमबासीहरूलाई आफ्ना बसोबास गरिरहेका ठाउँबाट बाहिर निकालेको छ । अनि सरकार भन्छ, यो जेठ, असार र साउन ३ महिना १५-१५ हजार रुपैयाँ पाउने छौ, यसको अर्थ एक दिनको १०० रूपैयाँले कसरी एउटा परिवार काठमाडौंको आसपासमा बाँच्न सक्छ ? यो सुकुमबासी माथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो ।’
साथै ,विस्थापित सुकुमबासीलाई २५ हजार एकमुष्ट दिने र बासको व्यवस्था आफैँ गर्नुपर्ने निर्णय त्रुटिपूर्ण भएको उनले बताए ।


