
बढ्यो घरजग्गा कारोबार, राजस्व पनि वृद्धि



काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो महिना बैशाखमा घरजग्गा कारोबारमा वृद्धि भएको । यो महिना देशभरको भूमि प्रशासन कार्यालयहरु बाट ५८ हजार ८ सय ८६ वटा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको हो ।
यो कारोबार संख्या अघिल्लो महिनाको कारोबारको तुलनामा ६.०४ प्रतिशतले बढी हो । चैतमा ५५ हजार ५ सय ३१ संख्यामा घरजग्गा कारोबार भएको थियो । गत वर्ष वैशाख महिनाको तुलनामा यो वर्ष घरजग्गा कारोबार १२.३४ प्रतिशतले बढेको देखिन्छ । गत वैशाखमा देशभर ५२ हजार ४१५ वटा घरजग्गा कारोबार भएको थियो । कारोबारसँगै राजस्वमा पनि वृद्धि भएको छ । चैतमा सरकारले ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलने गरेका थिए भने। वैैशाखमा घरजग्गा कारोबारबाट ६ अर्ब २६ करोड ३८ लाख रूपैयाँमा संकलने भएको छ ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबैभन्दा बढी सेवा कर, रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ । सेवा कर बाट मात्र सरकारले बैशाख महिनामा ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ संकलन गरेका छने, रजिस्ट्रेसन बाट ३३ करोड १९ लाख र पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ संकलान गरेका छन् ।


