
पुजा मनि चेञ्जरको इजाजतपत्र रद्द



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुजा मनि चेञ्जर प्रा. लि. को इजाजतपत्र रद्द गरेको छ। नेपाल राष्ट्र बैंकको वीरगञ्ज कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार घण्टाघर, वीरगञ्ज–०८, पर्सामा रहेको उक्त मनि चेञ्जरले तोकिएको समयभित्र इजाजतपत्र नवीकरण नगरेको कारण यसको भारतीय रुपैयाँ कारोबार गर्ने अनुमति रद्द गरिएको हो।
मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार नवीकरण नगरेपछि इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको जनाएको छ।



