
अर्थमन्त्रीले केही बेरमा राष्ट्रिय सभामा सम्बोधन गर्ने



काठमाडौँ । माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अबको १५ मिनेट पछि राष्ट्रिय सभामा सम्बोधन गर्दै छन् । यो सरकारको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम हो ।
तलगत्तै सरकारको आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन्छ ।
त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुन्छ र यो कार्यसूची सकिएपछि आजै अर्थमन्त्रीज्यूले राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्ताव सभामा पेस हुन्छ।


