
सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?



काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले बैशाख २१ गतेदेखि २४ गतेसम्म विदेशमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८५ लाख रुपैयाँबराबरको ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
सो निष्काशनमा योग्य ८५ हजार ३२३ जनाले कुल ११ लाख ४ हजार २९० कित्ता सेयरका लागि आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिएको छ। जसअनुसार ८ हजार ५०० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । आवेदकले बिक्री प्रबन्धककको वेवसाइट, मेरो सेयर र सीडीएससीले रिजल्ट हेर्न बनाइएको https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सक्नेछन् ।


