
प्रि ओपन सेसनमा ३ अंक बढ्यो नेप्से



काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ४.१५ अंक घटेर २७४०.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३ अंक बढेर २७४३.२५ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६१ अंक बढेको छ ।
बिहीबार प्रि ओपन सेसनमा ४४ स्टकको १२१ पटकको कारोबारमा ४० लाख २६ हजार ६०८ रुपैयाँ ६० पैसाबराबरको ६ हजार ३६५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।


