
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ६९५ रुपैयाँ रहेको थियो ।


