
३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममा उक्त लक्ष्य प्रस्तुत गरिएको हो ।
लक्ष्य हासिल गर्न वातावरण वन कानुन संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । आयोजनाको प्रभावितलाई शेयर दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।


