बीमा प्राधिकरणले छिट्टै अध्यक्ष पाउँने,योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बन्यो समिति
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीको प्रक्रिया अघि बढेको छ । सरकारले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि बिहीबार सिफारिस समिति गठन गरि प्रक्रिया अघि बढाएको हो।
समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थसचिव रामप्रसाद घिमिरे र विज्ञको रुपमा ज्योतिचन्द्र ओझा रहने बताइएको छ।
बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सुर्य सिलवालको पदावधिको म्याद समाप्त हुने दिन नजिकीएसँगै नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया अघि सारिएको छ । सिलवाल भने दोहोरो नागरिकता बनाएको आरोपमा छानविनको दायरामा तानिएको अवस्था छ ।