
बढ्यो सुनको मूल्य, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ३ हजार ४०० रुपैयाँ र चाँदी १३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


