
एनआईएमबी बैंकको उदार कदम, भन्छ : नक्कली र सक्कली नोट चिन्नु होस्



काठमाडौं । हामी कहाँ वित्तीय साक्षरताका अभियान तथा यसका विभिन्न नाराहरुलाई केलाउने हो भने सायद नेपाल अलि अघि नै आर्थिक रुपमा निकै सबल राष्ट्र भइसकेको हुनुपथ्र्यो । तर, यसको वास्तविकताका बारेमा हामीले अलिकति पनि चिहाउने हो भने सत्य खासै पर छैन ।
पछिल्लो समय बैंक वित्तिय संस्थाहरुले समेत आर्थिक समृद्धिका लागि चलाएका कार्यक्रमहरु ग्राउण्ड लेभल या भनौ टार्गेटेड समूहमा पुगेको छ कि छैन ? भन्ने विषय आफैमा एउटा ठूलै बहसको विषय बन्ने अवस्था छ । यस्तो बेलामा डिजिटल्ली हामीले नागरिकलाई जोडनु पर्नेदेखि हरेकको बैंक वित्तीय संस्थाका ठूला कार्यक्रम र योजनाहरु आम मानिसहरु पुर्याउनु पर्ने विद्यमान अवस्था छँदै छ । ठिक यही बेलामा पनि मुख्य रुपमा आर्थिक सम्पन्नताको कसीलाई मुल मन्त्र मानेर नियामकदेखि सम्बन्धित सरोकारवालाहरु एक ठाउँमा उभिन जरुरी छ ।
देशको व्यापार घाटादेखि जिडीपीसम्म योगदान पुर्याउने आर्थिक सूचांक सुधारको गतिमा लान हरेक क्षेत्र र विभिन्न तहबाट काम गर्नु आवश्यक छ । ठिक यस्तै बेलामा यातायात व्यवस्था कार्यलय ठूलो भर्यांगमा एनआईएमबी बैंकले एउटा सूचना टाँगेको देख्न सकिन्छ ।
यस्तो छ नोट पहिचान गर्ने तरिका :



