हुम्लाका केही स्थानमा नेपाल टेलिकमको बीटीएस टावरमा क्षति
काठमाडौं । कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमकको बीटीइएस टावरहरुमा अनधिकृत रुपमा केही समूहरव्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याउने काम भएको छ । त्यस्तो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेकोमा कम्पनीले दु:ख व्यक्त गरेको हो।
सर्केगाड गाउँपालिका ०५ स्थित बरै माइक्रो वीटीएसमा पौष ४ गते सोलार प्यानल, बीटीएसका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको बताइएको छ ।
सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पुर्याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्नरनगराउनुहुन समेत नेपाल टेलिकमले सबैमा अनुरोध गरेको टेलिकमका प्रवक्ता हरि ढकालले जनाएका छन् ।