
नेपाल लाइफको ५० हजार कित्ता सेयर लिलामीमा, सबैले किन्न पाउने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
कम्पनीले इच्छुक र योग्य जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले किन्न पाउने गरी सेयर लिलामीमा राखेको हो । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०१ रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।
बोलपत्र आज वैशाख १० गतेदेखि वैशाख २४ गते बैंकिङ्ग समयभित्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ भने सोही कार्यालयमा बुझाउन सकिनेछ ।



