
नेपाल माइक्रो इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारणसभा स्थगित गरेको छ ।
कम्पनीले यही वैशाख १० गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको थियो । सभा चितवनको भरतपुरस्थित चितवन मिडटाउन होटलमा बिहान ११ बजे सभा हुने भनिएपनि स्थगित गरिएको हो ।
शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभासँगै बुक क्लोजको मिति अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीले विशेष साधारणसभा साधारणभा स्थगित गर्नुपरेको जनाएको छ ।


