
प्रशोधन गरेर पिउन योग्य बनाइएका पानीको मूल्य बढाउने पक्षमा महासंघ



काठमाडौं । नेपाल पानी उद्योग महासंघबाट प्रोशोधन गरिएका पानीको भाउँ बढाउने निर्णय गरिएको छ । उनीहरुले प्रशोधित पिउने पानीका लागि आवश्यक हुने उत्पादनका लागतकै भाउँ बढेकाले आफूहरु त्यस्तो निर्णय लिन बाध्य भएको बताएका हुन् ।
आजै शनिबार जारी गरिएको विज्ञप्तिमा अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालनमा सास्ती खेप्नु परेको बताइएको छ । उनीहरुले पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थका रुपमा प्रयोग गरिने बोतल, क्याप, र्यापिङ रोल, जार, जारका टोपीमा मूल्य बढेकाले आफूहरु मारमा परेको खुलाएका हुन् ।
आफूहरुले सामान ओसार पसार गर्दादेखि इरान र अमेरीकाका युद्धलाई समेत कारण देखाउँदै एकाएक प्रशोधित पिउने पानीको भाउँ बढाउने निर्णय बाहिरीएको छ ।


