
हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष सी.ए. नारायण ब्रजाचार्यले लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष सी.ए. नारायण बजाजलाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
यसअघि, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले मिति २०८२ साल चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी उपस्थित थिए ।

