
एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु



काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बखरी चौक नजिक मंगलबार दुई मोटरसाइकल आपसमा ठोक्किँदा ३ जना परीक्षार्थीको मृत्यु भएको छ। बर्दिवास–जलेश्वर सडकखण्डमा भएको उक्त दुर्घटनामा परीक्षार्थीहरू एसईई परीक्षा दिइसकेपछि घर फर्किँदै थिए।
दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने थप ३ जना घाइते भएका छन्। घटनास्थलबाट तीन जनाको प्रवेश पत्र पनि फेला परेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई उपचारको लागि नजिकैको अस्पतालमा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जनाएको छ।


