
हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन् । कम्पनीको चैत २३ गते बसेको संचालक समितिको बैठकले बजाजलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कम्पनीको संस्थापक समूह अन्तर्गत रिक्त रहेको संचालक पदमा कम्पनीको संस्थापक शेयरधनी रहेको लक्ष्मी कर्प नेपाल प्रालिको तर्फबाट प्रतिनिधि गर्ने बजाजलाई आजकै मितिदेखि लागू हुनेगरी कम्पनीको अध्यक्षमा चयन गरिएको हो ।
यसअघि कम्पनीका अध्यक्ष रहेका शुलभ अग्रवालले राजिनामा दिएका थिए ।



