बिहीबार नेप्से परिसूचक घट्यो, कारोबार रकम पौने ५ अर्ब
काठमाडौं । बिहीबार नेप्से परिसूचक घट्न पुगेको छ । सेयर बजार बन्द हुने अन्तिम समयमा परिसूचक ३१ दशमलव ४३ अंकले घटेको हो ।
नेप्से परिसूचक १.१९ प्रतिशतले घटेर २५ सय ९६ दशमलव ८२ विन्दुमा पुगेको छ भने ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३५ अंकले घटेर ४ सय ४५ दशमलव ७७ विन्दुमा पुगेको देखिन्छ।
यता २ सय ११ कम्पनीको सेयर मूल्य घटेको छ भने २९ कम्पनीको सेयर मूल्य बढेको अवस्थाम ३ कम्पनीको सेयर मूल्यमा स्थिरता छायो।
नेप्से परिसूचकमा गिरावट आएको बेलामापौने ५ अर्ब रुपैयाँको कारोबार भएको छ भने ३ सय १० कम्पनीका ९८ लाख ३२ हजार ३०८ कित्ता सेयरको ५५ हजार ९ सय ८९ पटक किनबेच भयो ।
त्यसरी नै ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४८३ रुपैयाँको कारोबार भएको नेप्सेको आँकडामा देखिन्छ ।